अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९ | Colorodo: 17:04

एनआरएनए अमेरिकाको अध्यक्षमा तिलक केसीले उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७८ वैशाख ९ गते १४:३९ मा प्रकाशित

सिकागो । एनआरएनए अमेरिकाको अध्यक्षमा तिलक केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । विस्कन्सीन राज्यमा रहेर व्यवसायमा सक्रिय केसीले “सिन्डिकेट तोडौँ, नेपाली जोडौँ” भन्ने मूल नाराका साथ उम्मेदवारी दर्ता गराउनु भएको हो । बोर्ड अफ डाइरेक्टरमा रहँदा फरक र जनहितमा काम गर्ने व्यक्तिको छवि बनाएका केसीलाई न्यूयोर्कमा रहेका समाजसेवी टेक गुरुगं प्रस्तावक र साउथ क्यारोलिनाका समाजसेवी डाक्टर रामचन्द्र बराल समर्थक रहेर उम्मेदवार दर्ता गरिएको हो । अमेरिकाको नेपाली समुदायमा राम्रो छवि भएका गुरुगं र बरालले उम्मेदवारीमा प्रस्ताव र समर्थन गर्नु पनि आफैमा साङ्केतिक रहेको छ ।

नेपालमा रहँदा विद्यार्थी कालमा केन्द्रीय क्याम्पसको स्वबियु सचिव, प्राध्यापक, मानवअधिकारकर्मीको रूपमा सक्रिय केसी अमेरिकामा आए पछि उच्च शिक्षा अध्ययनका साथै राम्रो व्यवसायीको रूपमा पनि चिनिनुहुन्छ । केसीको उम्मेदवारी र प्रचार शैली अन्य उम्मेदवारको भन्दा भिन्न र गैर राजनीतिक तथा स्वतन्त्र मतदाताको भोट तान्ने निश्चय भएको देखिन्छ । केसीलाई अमेरिकाभरबाट स्वतन्त्र मतदाताको राम्रो समर्थन मिल्ने विश्वास गरिएको छ । उम्मेदवारी दर्ता गराए पछि केसीले आफू अमेरिकामा रहेका आम एनआरएनको बिचार बोकेर निर्वाचनमा उम्मेदवारी दिएको बताएका छन् । केसीले हरेक बहस र डिबेटमा अन्य उम्मेदवारका भन्दा फरक र भिजन दिन सक्ने एजेन्डाहरू लिँदै आएका छन् ।

प्रतिक्रिया