अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

पाकिस्तानको क्वेटामा भएको कार बम बिस्फोटमा ४ जनाको मृत्यु, १२ घाइते

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:३५ मा प्रकाशित

पाकिस्तानमा भएको बम बिस्फोटमा ४ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको क्वेटा शहरको एक होटलमा भएको विस्फोटमा परेर १२ जना घाइते भएको बीबीसीले जनाएको छ ।पाकिस्तानका लागि चिनियाँ राजदूत नङ रङ रहेको होटलको कार पार्किङ क्षेत्रमा आक्रमण हुँदा विस्फोट भएको बताइएको छ । तर राजदूत नङ रङ अफागानिस्तानको सीम नजिकैको बलूचिस्तन प्रान्तको भ्रमणमा रहेको गृह मन्त्रालयले जनाएको छ ।

घटनाको हालसम्म कसैले पनि जिम्मा नलिएको त्यहाँको सरकारले जनाएको छ । बलुचिस्थानमा चिनियाँ लगानीका ठूला पूर्वाधारहरु निर्माण भइरहेका छन् । लामो समयदेखि पाकिस्तानमा सशस्त्र आन्दोलन गरीरहेका विद्रोहीहरुले चीनको लगानीमा सञ्चालित आयोजनाहरुको विरोध गर्दै आएका छन् । राजदूत रङ सोही आयोजनाहरुको निरीक्षणका लागि क्वेटा शहरको भ्रमणमा गएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू