अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:२७ मा प्रकाशित

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ ।पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो ।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विज्ञप्ति निकालेर भोलिदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाइने बताउनुभयो ।

नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि कोषले मन्दिर दर्शनमा रोक लगाउने निर्णय लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू