अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

अष्ट्रेलियाद्वारा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजनाको दुईवटा सम्झौता रद्द

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:२६ मा प्रकाशित

अष्ट्रेलियाले चीनसँग भएको उसको महत्वाकांक्षी बेल्ट एण्ड रोड परियोजनाको दुईवटा सम्झौता रद्द गरेको छ । चीनसँगको चारवटा सम्झौता रद्द गरिएको बताउँदै विदेशमन्त्री मेराइस पेनले बेल्ट एण्ड रोड अन्तर्गतको दुईवटा सम्झौता रहेको जानकारी दिनुभयो । ती दुवै सम्झौता केन्द्र सरकारले गरेको नभई भिक्टोरीया प्रान्तले सन् २०१८ र २०१९ मा चीनसँग गरेको बीबीसीले जनाएको छ ।

अष्ट्रेलियाको संघीय सरकारलाई गएको डिसेम्बरमा कुनै प्रान्त वा विश्वविद्यालयबाट भएको फैसला रद्द गर्ने भिटो पावर दिइएको थियो । चारवटै सम्झौता विदेश नीति प्रतिकुल भएका कारण रद्द गर्नु परेको विदेशमन्त्री पेनको भनाइ छ । विदेशी सम्बन्धमा स्थितरता सुनिश्चितताका लागि यस्तो फैसला लिइएको भए पनि यो फैसला कुनै देशप्रति लक्षित नभएको उहाँको भनाइ छ ।

चीनसंगको सम्बन्धका विषयमा अष्ट्रेलिया प्रतिवद्ध रहेको पनि उहाँले बताउनु भएको छ । सन् २०१८ मा चीनिया कम्पनी ख्वाबेलाई फाइभ जी नेटवर्कमा प्रतिबन्ध लगाएपछि अष्ट्रेलिया र चीनबीच सम्बन्ध चिसिएको बीबीसीले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू