अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते उपचुनाव हुने

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:२४ मा प्रकाशित

राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि उपचुनाव हुने भएको छ ।राष्ट्रियसभा सदस्य रामबहादुर थापाको रिक्त पद पूर्तिको लागि आउँदो जेठ ६ गते उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ ।

कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा त्यसको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले उपचुनाव गरी पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

निर्वाचन आयोगले उपचुनावको लागि आजदेखि तयारी थालेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएको छ । उपचुनावमा गाउँपालिका, नगरपालिका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता रहने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू