अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

नेपालमा थप २ हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:२२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षणमा २ हजार ३ सय ६५ र ४ सय ४७ एन्टिजेन परीक्षणमा ६३ जना गरेर २४ घण्टामै २ हजार ४ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । यस्तै थप २ सय ५२ जना निको भएसँगै अहिलेसम्म २ लाख ७६ हजार ३ सय ४५ जना सङ्क्रमणमुक्त भएका छन् । यसैबीच कोरोना सङ्क्रमण हुने दर बढ्दो र निको हुने दर घट्दो क्रममा रहँदा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको छ ।

आज १२ हजार ६ सय ९० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै थप ५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १ सय १७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू