अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

विदेशी शक्तिको आडमा संविधान, कानुन र मूल्यमान्यता मिच्ने काम भएको प्रचण्डको आरोप

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:२० मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको आडमा संविधान, कानुन र मूल्यमान्यता मिच्ने काम भएको आरोप लगाउनु भएको छ । १ सय ५० औं लेनिन जयन्ती तथा ७३ औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्ट पार्टीमा आफूहरूले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको भए पनि एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिको आडमा संविधान, कानुन र सबै मूल्यमान्यता मिचेको आरोप लगाउनुभयो ।

संसदीय दलको नेताबाट पनि अध्यक्ष केपी शर्मा ओलीलाई हटाएको स्मरण गर्दै शक्ति सन्तुलन आफूहरुको पक्षमा नभएकोले नेकपा विभाजन रोक्न नसकिएको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले नेकपा एकता गरेर गल्ती भएको थियो कि भन्ने नसोच्न आग्रह पनि गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू