अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

गोपालको शब्द, किरणको स्वरमा ‘किन मायामा’ सार्वजनिक ( भिडियो )

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ६:३७ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ । त्रिकोणात्मक प्रेम कथामा आधारित ‘किन मायामा’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

अमेरिकाको ओहायो राज्य निवासी गीतकार गोपाल लोहारको शब्दमा रहेको यस गीतलाई वसन्त सापकोटाले सङ्गीतबद्ध गरेका हुन्। गीतमा विषम आचार्यले सङ्गीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा जाइना कुँवर, प्रभात पाल ठकुरी, सुष्मिता चौधरी फिचर्ड छन्। श्याम तामाङले छायाङ्कन गरेको यस भिडियोलाई विकास दहालले सम्पादन गरेका हुन्। भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको संयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया