अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

सांरगको कविता सङ्ग्रह अजयतृप्ति विमोचित

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ८:३० मा प्रकाशित

नेपाली भाषा साहित्य​, कला र​ संस्कृतिको उत्थान​मा लागिपरिरहेको स​क्रिय​ संस्था अनेसास कोरिया च्याप्टरले संस्थाकै अध्यक्ष,कवि सङ्गीतकार प्रमोद सारंगको कविता सङ्ग्रह अजय तृप्तिको भर्चुअल माध्यमबाट विमोचन गरेको छ ।

अनेसास कोरिया च्याप्टरका उपाध्यक्ष आर. एन. अधिकारीको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा नेपाली साहित्यका वरिष्ठ व्यक्तित्वहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्मा,अनेसासका वर्तमान अध्यक्ष प्रकाश पौडेल माइला,वरिष्ठ उपाध्यक्ष साहित्यकार गोवर्द्धन पूजा,साहित्यकार बाबा बस्नेत,साहित्यकार राधा गुरागाइ,NRNA ICC भाषा साहित्य समितिका उपाध्यक्ष साहित्यकार महेश्वर पन्त,साहित्यकार लालगोपाल सुवेदी साहित्यकार श्रीबाबु उदास कार्कीले कृतिकारलाई बधाई तथा शुभकामना दिँदै नेपाली कविताको क्षेत्रमा अजयतृप्तिले आफ्नो छुट्टै पहिचान बनाउने कुरा पनि बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथिको भूमिका निर्वाह गर्दै कवि समालोचक महेश पौड्याल र साहित्यकार भीष्म उप्रेतीले कविताको बारे चर्चा गर्दै कविको उच्च प्रशंसा गर्नुभएको थियो। साङ्गीतिक चेत अंगालेर लेखिएका प्रमोद सारंगको कवितामा बिम्ब , प्रतीकको निकै सुन्दर समायोजन भएको र विषयवस्तु,शब्द चयन र भावको हिसाबले पनि उत्तिकै वजनदार कविताहरू रहेको बताउनुभयो। कवि गजलकार विनोद परिवर्तितको स्वागत मन्तव्यसँगै सुरु भएको उक्त कार्यक्रम डीआर न्यौपाने ‘सूर्य’ले सञ्चालन गर्नुभएको थियो। नेपाली साहित्यका वरिष्ठ व्यक्तिहरूको भर्चुअल उपस्थितिमा आफ्नो सङ्ग्रहलाई यसरी विमोचन गर्न पाउँदा आफू निकै हर्षित भएको र उहाँहरूले कविता पढेर दिएको प्रतिक्रियाले कविता लेखनमा थप उत्साहित भएको बताउँदै कवि सारंगले केही सुन्दर कविता पनि सुनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू