अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

संक्रमणको अवस्थामा औषधि र जनशक्ति व्यवस्थापन गर्न सरकारलाई आग्रह

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ७:२९ मा प्रकाशित

सांसदहरुले कोरोना संक्रमण बढिरहेको समयमा आवश्यक पर्ने उपकरण, औषधि र जनशक्ति व्यवस्थापन गराउन सरकारलाई आग्रह गरेका छन् ।संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बुधबार भएको छलफलमा उनिहरुले उपचारमा प्रयोग हुने औषधि, अक्सिजन, पीसीआर किट लगाएतका आवश्यक सामाग्री तयारी अवस्थामा राख्न आग्रह गरेका हुन ।

छलफलमा सांसद अञ्जना विशंखेले संक्रमणको दर बढेसँगै नन कोभिडका विरामीलाई समेत प्राथमिकतामा राख्न, आवश्यक परे टेलिमेडिसिन सेवा समेत सुचारु गर्न आग्रह गर्नुभयो ।

कोभिडमा कार्यरत चिकित्सकहरुलाई दिने भनिएको सेवा सुविधा समेत किन नदिएको भएको सांसदहरुले प्रश्न समेत गरेका थिए । छलफलमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले दुई हप्ता भित्र ८ वटा ठुला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी भएको बताउनुभयो ।

यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले वागमति, गण्डकी र लुम्विनी प्रदेशमा सक्रिय संक्रमितको संख्या धेरै रहेको भन्दै अबका दिन चुनौती पुर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू