अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

इंग्ल्याण्डका ६ टोली सुपर लिगबाट बाहिरिए

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ७:२३ मा प्रकाशित

इंग्लीस फुबटल क्लबहरु प्रस्तावित युरोपियन सुपर लिग फुटबलबाट बाहिरिएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबल महासंघ युएफाले यो प्रतियोगिता खेल्ने खेलाडीहरुलाई विश्वकप लगायतका प्रतियोगितामा खेल्न नदिने चेतावनी दिएपछि इंग्ल्याण्डका सबै ६ टोली सुपर लिगबाट फिर्ता भएका हुन् ।

यसअघि इंग्ल्याण्डका शिर्ष ६ टोली म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, चेल्सी, लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपरले युरोपियन सुपर लिग खेल्ने बताएका थिए । तर प्रस्तावित प्रतियोगिताको सर्वत्र आलोचना भएपछि यी क्लबहरु फिर्ता भएका हुन् । युरोपका १२ क्लबले आइतबार मात्रै आफ्नो नेतृत्वमा रहने गरी युरोपियन सुपर लिग घोषणा गरेका थिए ।

नयाँ प्रतियोगिताको संस्थापक क्लबमा प्रिमियर लिगका ६ टोलीसहित स्पेनबाट बार्सिलोना, रियाल मड्रिड र एट्लेटिको मड्रिड तथा इटालीबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान रहेका छन् । इंग्लीश क्लबहरुले नाम फिर्ता लिएसँगै सुपर लिगको भविष्य संकटमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू