अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

कोरोना महामारी रोकथामको अन्तिम बिकल्प लकडाउनः प्रधानमन्त्री मोदी

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ७:१४ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी रोकथामको अन्तिम बिकल्प लकडाउन भएको जिकीर गर्नुभएको छ । भारतमा कोरोनाले भयावह स्थिती ल्याएपछि देशबासीको नाममा सम्बोधन गर्दै मोदीले अनावश्यक काममा घरबाट बाहिर ननिस्कन र स्वास्थ्य सावधानी अपनाउन सर्वसाधारणलाई अपील गर्नुभएको हो ।

साथै उहाँले भारतमा कोरोना बिरुद्धको खोप अभियान तीब्र गतीमा अघि बढिरहेकोले यसबाट कोही भारतीय नागरिक बन्चित नहुने बताउनुभयो ।

देशका युवाहरुलाई अपील गर्दै कोभिड सचेतना अभियान चलाउन उहाँले आग्रह गर्नुभयो । यसबीच भारतको तमिलनाडु राज्यमा एकैदिन १० हजार ८ सय बढी संक्रमित पुष्टी भएको छ भने ४८ जनाको मृत्यु भएको छ ।

भारतमा कोरानाका कारण हालसम्म १ लाख ८२ हजार ५ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ करोड ५६ लाख ९ हजार बढी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू