अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ७:११ मा प्रकाशित

सत्तारुढ दल नेकपा एमाले विभाजनको संघारमा पुगेको बेला एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद शुरू भएको छ । दुई नेताबीच नागपोखरीस्थित होटल मारियटमा वार्ता भइरहेको छ ।वार्तामा अर्थमन्त्री विष्णु पौडेल समेत सहभागी भएको बुझिएको छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच लामो समयपछि संवाद भएको हो । अध्यक्ष ओलीले पार्टी हीत विपरितका गतिविधि गरेको आरोपमा नेता नेपालसहित २७ जना सांसदलाई स्पष्टिकरण सोध्दै कारबाहीको प्रक्रिया अघि बढाएको बेला बुधबार विहान युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीलाई विभाजनबाट जोगाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भट्टराइले वरिष्ठ नेता नेपालसँग वार्ता गरेर पार्टी विभाजन रोक्न आग्रह गरेपछि ओली र नेपाल बीचको संवाद संभव भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू