अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

५ पटकभन्दा बढी कारबाहीमा परे लाइसेन्स लिन पुनः परीक्षा दिनुपर्ने

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:३० मा प्रकाशित

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कडा व्यवस्था ल्याउने भएको छ ।विभागले पाँच पटकभन्दा बढी कारबाहीमा परे चालकले पुनः लिखित र प्रयोगात्मक परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रावधान ल्याउन लागेको हो । तर यस्तो प्रावधान परीक्षणकालीन लाइसेन्सको हकमा मात्र लागू हुनेछ । पाँच पटकभन्दा कम कारबाहीमा परे चालकले चार वर्ष अवधिको नयाँ स्मार्ट लाइसेन्स पाउने विभागले जनाएको छ ।

विभागले स्मार्ट लाइसेन्सभन्दा पहिले परीक्षणकालीन लाइसेन्स दिने भएको हो । ए, परीक्षण लाइसेन्स बी र के क्याटगोरीका लागि मात्र लागू हुनेछ । यस्तो लाइसेन्सको अवधि गरिने एक वर्षको हुनेछ ।ऐनमै एकवर्षे परीक्षणकालको व्यवस्था भएकाले यो नियम लागू गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो ।

यसका लागि विभागले आवश्यक सफ्टवेयर डेभलप गरिरहेको उहाँले बताउनुभयो । घिमिरेका अनुसार अब जारी हुने लाइसेन्समा क्यूआर कोड समेत प्रयोग गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू