अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

आर्थर गन (दिवेश) फेरि अमेरिकन आइडलमा, निर्णायकको मन जिते

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:२९ मा प्रकाशित

नेपाली गायक दिवेश पोखरेल(अर्थर गन)ले फेरि अमेरिकन आइडलमा निर्णायकको मन जित्न सफल भएका छन् । अप्रिल १९ मा प्रसारण भएको आइडलको कमब्याक प्रस्तुतिबाट उनले फेरि आइडलका तीन निर्णायकको मन जित्न सफल भएका हुन् । सोमबार प्रसारण भएको कार्यक्रममा दिवेशले आइरिसको ’गु गु डल्स’बोलको गीत गाएका थिए । यसअघिको १८ औं सिजनको सुरुवातदेखि उनले आफ्नो प्रस्तुतिबाट निर्णायकदेखि दर्शकको मन जितेका थिए ।

उनको कमब्याक प्रस्तुति सुनेपछि निर्णायक लायोनल रिचीले दिवेश स्टाइलिस रहेको भन्दै उनको प्रशंसा गरेका छन् । अर्का निर्णयक केटी पेरीले दिवेशको फ्यान ग्रुपको चर्चा गरेकी छिन् । निर्णायक लुकले दिवेशको प्रशंसा गरेका छन् ।

आइडलले गत वर्षका १० गायक÷गायिकालाई प्रतिस्पर्धाका लागि निम्तो दिएसँगै दिवेश आइडलको स्टेजमा फर्केका हुन् । कमब्याक प्रतिस्पर्धीमध्ये बढी भोट पाउनेले आइडलको शीर्ष २० मा सोझै प्रवेश पाउने बताइएको छ ।

प्रतिक्रिया