अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४ | Colorodo: 10:09

ट्राइ नेसन्स क्रिकेट सिरिज – नेदरल्याण्ड्स ३ विकेटले विजयी, नेपाल पराजित

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:२१ मा प्रकाशित

ट्राइ नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिजअन्तर्गत मंगलबार भएको खेलमा नेदरल्याण्ड्स ३ विकेटले विजयी भएको छ । नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर ३ बलमा पूरा गर्दै जित निकालेको हो ।जितका लागि नेदरल्याण्ड्सका लागि बेन कुपरले ५५ र बेसदे लिदेलले नटआउट ८१ रनको अर्धशतकीय पारी खेले । यस्तै पिटर सीलारले नटआउट ३१ र टोबाइस भिसीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका ४८ रन दिएर ४ विकेट लिँदा करण केसी, अविनाश बोहरा र कुशल मल्लले समान १–१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै क्रमशः ६२ र ६० रन बनाए । भुर्तेलले यहि सिरिजको लगातार तेस्रो खेलमा अर्धशतक बनाएका हुन् ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २० र कुशल मल्ल १८ रनमा आउट हुँदा सोमपाल कामीले नटआउट २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ नेदरल्याण्ड्सका भिभाइन किङ्मा र पिटर सिलारले समान २–२ विकेट लिँदा बसदे लीड र आर्यन दत्तले १–१ विकेट लिए ।

जितसँगै नेदरल्याण्ड्सको चार अंक भएको छ । समान अंक भएको नेपाल नेट रनरेटको आधारमा पहिलो स्थानमा छ । अहिलेसम्म एउटा पनि खेल जित्न नसकेको मलेसिया अंकविहीन भएर तेस्रो स्थानमा छ । यसअघि नेपालले नेदरल्याण्ड्स र मलेसियालाई पराजित गरेको थियो । नेद्ल्याण्ड्सले पनि यसअघि मलेसियालाई पराजित गरेको थियो ।

 

प्रतिक्रिया