अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्छ– प्रचण्ड

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:१८ मा प्रकाशित

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताउनुभएको छ । मंगलबार युथ फर नेशन को आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्ग संघर्ष र राजनीतिक क्रान्तिको चरण पार गरिसकेको भन्दै समृद्ध समाज निर्माणका लागि अध्ययन, अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताउनुभएको हो ।

वर्ग संघर्ष र राजनीतिक क्रान्तिको एउटा चरण पार गरिसकेको उल्ल्ोख गर्दै उहाँले विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर प्रवेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यसपछि मात्रै समृद्ध समाज निर्माण गर्न सकिने उहाको भनाई थियो ।

अहिले विश्वको तापक्रम बढेकाले हिउँ पग्लिने प्रक्रिया तीव्र गतिमा अघि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो गतिलाई रोक्न नसके विश्व मानव समुदायलाई ठूलो नकारात्मक असर पर्ने बताउनुभयो । वातावरणको संरक्षणका लागि नेपाली अध्यता र विज्ञहरूले गरेको मेहनत सराहनीय रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू