अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

नेपालमा कोरोनाका कारण थप ११ जनाको ज्यान गयो, एकैदिन थपिए १७ सय ३६ जना सङ्क्रमित

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:१६ मा प्रकाशित

नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३ जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका ८ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १ सय २ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ७ सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय ६७ र ६ सय ८३ जनामा एन्टिजेन परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको हो ।

मङ्गलबार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८७ हजार ५ सय ६७ पुगेको छ । थप २ सय ५१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ६ सय ५९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू