अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

एमालेले सोध्यो नेपाल र खनालसहित २७ जना सङ्घीय सांसदलाई स्पष्टीकरण

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:१५ मा प्रकाशित

पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनाल सहित २७ जना सङ्घीय सांसदलाई स्पष्टीकरण सोधेको छ । काँग्रेसको नेतृत्वमा प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी हुँदा नेपाल पक्षले फ्लोर क्रस गर्न सक्ने भन्दै एमालेले २७ सांसदलाई स्पष्टीकरण सोधेको हो । उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।

सङ्घीय सांसदलाई पठाइएको पत्रमा छुट्टै राजनीतिक दलको अभ्यास गरेको भन्दै तपाईलाई सङ्घीय संसद् सदस्यबाट किन नहटाउने ? भनेर सोधिएको छ । स्पष्टीकरण सोधिने मध्येमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला रहेका छन् । यस्तै मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी छन् ।

पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने छन् । हिजो बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा ह्विप नमान्ने नेता नेपाल सहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनियुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू