अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

गिरिजा प्रसाद कोइराला फाउन्डेसन विराटनगरमा छलफल

कौशल निरौला २०७८ वैशाख ६ गते १०:१० मा प्रकाशित

विराटनगर । गिरिजाप्रसाद कोइराला फाउन्डेसनका पदाधिकारी बिच छलफल भएको छ । विराटनगर स्थित कोइराला निवासमा रहेको फाउन्डेसनमा अमेरिका च्याप्टरका संयोजक सोमनाथ घिमिरे, फाउन्डेसन प्रदेश १ का संयोजक शैलेन्द्र सिवाकोटी, मोरङ जिल्ला संयोजक कौशल निरौला, फाउन्डेसन विराटनगरका उपाध्यक्ष अरुण खेतान ,मोरङ जिल्ला सदस्य शर्मिला पोखरेल अधिकारी, प्राध्यापक प्रमीला गच्छदार, तिन टोलिया समाज सेवा समितिका अध्यक्ष डिगेन्द्र राउत लगायतको सहभागिता रहेको थियो । छलफलमा फाउन्डेसनको भावी योजनाहरू बारे छलफल गरिएको थियो । कोरोना कहर पछिको शिक्षा र स्वास्थ्यका विषय राज्यको प्राथमिकतामा रहनुपर्ने सवाललाई उठान गरिएको थियो।

आगामी दिनहरूमा फाउन्डेशनलाई संयुक्त राष्ट्रसङ्घ लगायत उच्चस्तरीय अन्तर्राष्ट्रिय सामाजिक सङ्घ संस्थाहरूसँग समन्वय गरी अगाडी बढ्न सहभागीहरूले सुझाएका थिए । यस्तै विराटनगरमा बनिरहेको संग्राहलयको निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम चाडै सक्नु पर्नेमा जोड दिइएको थियो । नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाद्वारा स्थापित यस संस्थाले देश विदेशका विभिन्न स्थानमा सामाजिक कार्यहरू गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू