अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान प्रतिमा पोखरेललाई प्रदान गरिने

बिआरटीनेपाल २०७८ वैशाख ६ गते १०:०७ मा प्रकाशित

नेपाल स्रष्टा समाजले वर्ष २०७८ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार तथा सामाजिक अभियन्ता प्रतिमा पोखरेललाई प्रदान गर्ने भएको छ । भोजपुरको अरुण गाउँपालिकाकी प्रतिमा साहित्य तथा समाजसेवामा सक्रिय हुनुहुन्छ । उहाँले विपन्न तथा सहाराविहीन बालबालिकाको अध्ययनमा विगत केही वर्षदेखि विभिन्न प्रकारले योगदान गर्दै आउनुभएको छ ।

यस सम्मानका लागि समाजको २०७७ पुष २४ गते बसेको बैठकले वरिष्ठ साहित्यकार श्री मञ्जु काँचुलीको संयोजकत्वमा श्रीओम श्रेष्ठ रोदन र पुष्पा खनालसहितको एक सिफारिस समिति गठन गरेको थियो । सम्मानका लागि प्राप्त नामहरूमध्ये समितिले छानबिन गरी श्री प्रतिमा पोखरेलको नाम सिफारिस गरेको हो ।

एक सम्मान पत्र र रू. एघार हजार एक सय एघार राशिसहितको यो सम्मान दमन्ता खनालको जन्म जयन्तीका अवसरमा २०७८ वैशाख ९ गते एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ । यो सम्मान गत वर्ष पाल्पाकी श्री इन्द्रा गहतराजलाई प्रदान गरिएको थियो । त्यसअघि देउडा गायक डीक्रा वादी तथा साहित्यकार एवम् सञ्चारकर्मी सिर्जना शर्मा यस सम्मानबाट विभूषित भइसक्नु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू