अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

’एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ स्थापना

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:२० मा प्रकाशित

गैरआवासीय नेपाली संघले एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना गरेको छ। विश्वभर रहेका नेपालीहरुको पुँजीलाई संगठित गरेर नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरेको हो। नेपाल सरकारसँगको सहकार्यमा स्थापना भएको उक्त फन्ड औपचारिक रुपमा सञ्चालनमा आएको छ। १० अर्ब अधिकृत पुँजी राखेर दर्ता यो कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि सेयर हुने छ।

कोषको अध्यक्षमा संघका संस्थापक अध्यक्ष तथा यो कोषको अवधारणा ल्याउने उपेन्द्र महतो नियुक्त हुनुभएको छ भने प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराईलाई चयन गरिएको छ । संसारभर छरिएर रहेका नेपालीहरुले अहिले पनि नेपालमा व्यक्तिगतरुपमा लगानी गरिरहेपनि अब संस्थागक रुपमा नेपालमा लगानी बढाउन खोजिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । सन् २००७ मा दश अर्बको लक्ष्यसहितको कोषको अवधारण ल्याइएको भएपनि यसमा कुनै पनि सीमा नरहने उहाको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू