अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

म्यानचेस्टर युनाईटेड विजयी

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:२० मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड विजयी हुँदा आर्सनल बराबरीमा रोकिएको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले बर्न्लेमाथि ३–१ को जित निकाल्यो ।

आफ्नै मैदानमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मेसन ग्रिनउडले दुई तथा एडिन्सन काभानीले एक गोल गरे । पराजित टोली बर्न्लेका जेम्स टार्काेस्कीले एक गोल फर्काए ।

गएराति भएको अर्को खेलमा आर्सनललाई फुल्हमले १–१ गोलको बराबरीमा रोकेको छ । खेलमा फुल्हमका जोस माजाले पेनाल्टीमार्फत पहिलो गोल गरे । अन्तिम मिनेटमा एडवार्ड एन्केतियाले एक गोल फर्काउदै आर्सनललाई हारबाट जोगाएका हुन् ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडले शिर्ष स्थानको म्याान्चेस्टर सिटीसँगको दुरी ८ अंकमा सिमित गरेको छ । ३२ खेलबाट सिटीको ७४ अंक छ भने युनाईटेडको ६६ अंक छ ।

प्रतिक्रिया