अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

नाभाल्नीको जेलमा निधन भए रुसले गम्भीर परिणाम भोग्नुपर्ने अमेरिकाको चेतावनी

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:१५ मा प्रकाशित

अमेरिकाले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमा निधन भएमा रुसले गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल रहेको खबर सार्वजनिक भइरहेको बेला अमेरिकाले रुसलाई चेतावनी दिएको हो । अमेरिकाले नाभाल्नीको अवस्थाबारेमा तत्काल स्पष्ट जानकारी दिएर उचित उपचारको व्यवस्था गर्न भनेको छ । यस्तै युरोपियन युनियन, बेलायत, फ्रान्स लगायतले पनि नाभाल्नीको उपचारमा हेलचक्र्याइँ भइरहेको भन्दै चासो व्यक्त गरेका छन् ।

उपयुक्त उपचार नपाएमा नाभाल्नीलाई अब धेरै बचाउन कठिन हुने उपचारमा संलग्न डाक्टरहरुले बताएका बीबीसीले जनाएको छ । रुसले भने नाभाल्नीको स्वास्थ्य अवस्था जटिल बनेको कुरा स्वीकार गरेको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नी गएको मार्च ३१ देखि अनसनमा हुनुहुन्छ । उहाँलाई गएको फेब्रुअरीमा जेल सजाय भएको थियो । नाभाल्नीमाथि गएको अगस्टमा विष आक्रमण भएको थियो । जर्मनीमा उपचार गराएर रुस फर्किएका नाभाल्नी विमानस्थलबाट पक्राउ पर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू