अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालको मलेसियामाथि सानदार जित

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:११ मा प्रकाशित

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई नौ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको गरेकोे मलेसिया १६ ओभर पाँच बलमा एक सय नौ रनमा अलआउट भएको हो । मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतीमा पूरा गरेको हो ।

बलिङमा करण केसीले तीन विकेट, सन्दिप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, साहब आलम, कुशल मल्लले एक एक विकेट लिएका थिए । नेपालको यो लगातार दोस्रो जित हो । नेपालले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । मलेसियाको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो । अब नेपालले भोली नेदरल्याण्ड्ससँग आफ्नो तेस्रो खेल खेल्नेछ ।

 

प्रतिक्रिया