अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

भारतको दिल्लीमा एक साताका लागि लकडाउन

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:१० मा प्रकाशित

भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ ।कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले एक साताका लागि लकडाउन घोषणा गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो । उहाँले सबै परिस्थितिको अनुगमन गरेर सरकारले ६ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको बताउनुभयो ।

यो छोटो अवधिको लकडाउन रहेको र बढ्ने सम्भावना निकै कम रहेको मुख्यमन्त्री केजरीवालको भनाइ छ । गरिबहरूका लागि लकडाउनको समय निकै कठिन हुने थाहा हुँदै–हुँदै संक्रमण नियन्त्रणका लागि बाध्य भएर निर्णय लिनु परेको केजरीवालले बताउनुभयो । लकडाउनको अवधिमा बेडको व्यवस्था ठूलो स्तरमा गर्ने पनि उहाँको भनाइ छ । लकडाउनको अवधिमा अत्यावश्यक सेवा भने सुचारु रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू