अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:०७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकको सिफारिस बमोजिम उहाँले दिउँसो एक बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो । राष्ट्रपति कार्यालयले आजै संसद् अधिवेशन अन्त्य गरेको पत्र संसद् सचिवालयलाई पठाएको छ ।

पत्रमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेको बताउनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू