अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

वैशाख १३ गते बस्ने गरी गण्डकी प्रदेशको अधिवेशन आब्हान

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:०५ मा प्रकाशित

गण्डकी प्रदेशले प्रदेश सभाको अधिवेशन आह्वान गरेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन केही दिन अघि अन्त्य गर्नुभएको थियो । वैशाख १ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको थियो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री गुरूङविरूद्ध गत वैशाख २ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। भावी मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको नाम उनीहरूले प्रस्तावसमेत गरेका छन्। साथै उनीहरूले अधिवेशन आह्वान गर्न प्रदेश सभामा निवेदन पनि दिएका थिए।

प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको हो । वैशाख १३ गते सोमबार दिउँसो २ बजे प्रदेश सभाको अधिवेशन सुरू हुनेछ। प्रदेश सभाको अधिवेशन बोलाउन २८ सांसदले लिखित निवेदन दिएकोले अधिवेशन बोलाइएको प्रदेश प्रमुख शेरचनले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू