अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

देशका प्रमुख सहरमा वैशाख मसान्तसम्म सबै स्कुल– कलेजमा भौतिक कक्षा बन्द

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ८:४२ मा प्रकाशित

सरकारले कोरोना संक्रमण गम्भीर बन्दै गएका काठमाडौँ, पोखरा ललितपुर र भक्तपुरसहित देशका मुख्य सहरमा सबै विद्यालय तथा कलेजसहित शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने आदेश दिएको छ । कोरोना संक्रमण गम्भीर भएको भन्दै सरकारले मुख्य सहरका सबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

उपत्यकाका सबै नगरपालिकाहरु, मेचीनगर, विराटनगर वीरगञ्ज, भरतपुर, पोखरा, जनकपुर, नेपालगञ्ज, धनगढी, सिद्धार्थनगर, इटहरी, बनेपा, धरान, दमक, राजविराज, धुलिखेल, वीरेन्द्रनगर, भीमदत्त नगरका सबै शैक्षिक संस्था बन्द गर्न सरकारले आदेश दिएको हो। परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पनि सरकारले आदेश दिएको छ।

अन्य सहर तथा स्थानमा भने आवश्यकताअनुसार स्थानीय निकायले निर्णय गर्ने पनि सरकारले उल्लेख गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय सञ्चारमन्त्री पार्वत गुरुङले सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू