अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

ए एन ए मा डा. शर्मा, डा. अधिकारी पछि बोर्ड अफ ट्रस्टीको नेतृत्व सम्हाल्दै डा. शम्भु ढुङ्गाना

बिआरटीनेपाल २०७८ वैशाख ५ गते २०:०५ मा प्रकाशित

टेक्सास, उत्तरी अमेरिका (अमेरिका तथा क्यानडा) मा रहेका नेपालीहरूको लोकप्रिय संस्था ‘एसोसिएसन ऑफ नेपलिज इन द अमेरिकाज’ (ए.एन.ए.) को ट्रष्टी बोर्डको आन्तरिक पदीय जिम्मेवारीमा हेरफेर भएको जानकारी ए.एन.ए. अध्यक्ष विजयराज भट्टराईले आज बसेको कार्यकारिणी समितिको मिटिङमा गराउनुभयो।

ए.एन.ए.ट्रष्टी बोर्डको मिटिङले क्यालिफोर्निया निवासी डा. शम्भु ढुङ्गानालाई ट्रष्टी बोर्डको चेयरमा निर्विरोध निर्वाचित गरेको जानकारी अध्यक्ष भट्टराईले गराउनुभयो। डा. ढुङ्गाना ए.एन.ए. का पूर्व अध्यक्ष हुनुहुन्छ। यस अघि एरिजोना निवासी डा.अम्बिका प्रसाद अधिकारी ए.एन.ए.ट्रस्टीको चेयरको जिम्मेवारीमा हुनुहुन्थ्यो। मिटिङले डा. अधिकारीको कुशल नेतृत्वको प्रशंसा गर्दै धन्यवाद ज्ञापन समेत गरेको छ।

सन् २०१६ मा पारित नयाँ विधान अनुसार ए.एन.ए. ले बोर्ड अफ ट्रस्टीको व्यवस्था थपेको थियो। बोर्ड अफ ट्रस्टीमा निवर्तमान अध्यक्ष सहित नौ सदस्यीय रहने व्यवस्था रहेको छ। यस संस्थाको पहिलो ट्रष्टी बोर्डको चेयरमा डा. अधिकारी भन्दा पहिले क्यानडाका डा. कुञ्जर शर्मा हुनुहुन्थ्यो। कुञ्जर शर्मा यतिखेर क्यानडाको निमित्त नेपाल सरकारको महावाणिज्यदूत जिम्मेवारीमा समेत हुनुहुन्छ।

मूलतः अमेरिकामा विभिन्न राज्यहरूमा नेपालीहरूको प्रतिनिधित्व गर्ने स्थानीय सङ्घ-संस्थाहरुका सफल नेतृत्व दिएर इतिहास निर्माण गरिसक्नु भएका र सामाजिक सेवामा विशेष योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई ए.एन.ए. को बोर्ड अफ ट्रस्टीमा रहनुभएको छ।

ए.एन.ए. को बोर्ड अफ ट्रस्टीको नामावली
१. डा. शम्भु ढुङ्गाना – चेयर
२. डा. अम्बिका प्रसाद अधिकारी
३. डा. कुञ्जर शर्मा
४. रोजर अधिकारी
५. प्रह्लाद के.सी.
६. अन्जन श्रेष्ठ
७. बेदा जोशी
८. डा. विद्या रञ्जित
९. खगेन्द्र अधिकारी

प्रतिक्रिया