अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

नेपाली घरको साधारण सभा मे २३ मा हुने

बिआरटीनेपाल २०७८ वैशाख ५ गते १६:३७ मा प्रकाशित

कोलोराडोमा सक्रिय नेपालीभाषीहरुको साझा संस्था नेपाली घरको साधारण सभा अगामी २०२१ मे महिनाको २३ तारिख आइतबार आयोजना गरिने भएको छ ।

नेपाली घरको आज सम्पन्न कार्य समितिको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको हो । वर्तमान परिस्थितिको कारण सबै सदस्यहरू एकै ठाउँमा भेला भएर गर्ने वा जुम लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत जोडिएर गर्ने टुङ्गो नभै सकेकोले यस बारे विस्तृत जानकारी पछि गराइने संस्थाका अध्यक्ष लछुमन रानाले बताएका छन् ।

साधारण सभामा संस्थाको भावी नीति तथा कार्यक्रम तर्जुमा गर्ने, विगतमा भए गरेका कार्यक्रमको अनुमोदन गर्ने तथा संस्थाको आय ब्यायको हर हिसाब सार्बजानिक गर्ने जस्ता विभिन्न विषय रहेको अध्यक्ष रानाले बताएका छन् ।

त्यसैले आगामी मे २३, २०२१ आइतबारका दिन समय मिलाई कार्यक्रममा सहभागी भई संस्थालाई महत्त्वपूर्ण सल्लाह, सुझाव दिई संस्थाको भावी मार्ग दिशा तयार गर्न तथा कोलोराडोमा नेपाली सामुदायिक भवन निर्माणको महान् यात्रालाई साथ र सहयोग पुर्‍याउन सबैमा सार्वजनिक अनुरोध गरिएको छ । संस्थाले यसै सूचनालाई आधार मानी संस्थाका साधारण सदस्य, आजीवन सदस्य, गन्यमान्य, बुद्धिजीवी, समाजसेवी, संस्थाका शुभचिन्तक, अन्य विभिन्न संस्थाका पदाधिकार, पत्रकार सर्वसाधारण सबैलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया