अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 07:07

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको सल्लाहकार समिति गठन

बिआरटीनेपाल २०७८ वैशाख ५ गते १६:३१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखा कार्यकारी समितिको बैठकको निर्णय अनुसार र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको विधान २०१२ (पहिलो संशोधन, २०२०) बमोजिम शाखाको उद्देश्य अनुरुप विविध योजनाहरुको कार्यान्वयन गर्न आवश्यक सरसल्लाह लिनको निम्ति एक चार सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

समितिमा विभिन्न क्षेत्रमा कार्य गरेर सामाजिक प्रतिष्ठा र अनुभव हासिल गरिसक्नुभएका डा. विजयराज शर्मा, रमेश गुरुङ, नीलम श्रेष्ठ र डा. संगीता श्रोत्रिय रहनुभएको छ । यस सल्लाहकार समितिको गठनबाट शाखाद्वारा भविष्यमा गरिने कार्यक्रमहरुलाई थप गति दिन र शाखालाई अनुशासित बनाउन मद्घत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया