अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

ओलीको निर्णयविरुद्ध माधव नेपाल समूह फेरि निर्वाचन आयोगमा

बिआरटीनेपाल २०७८ वैशाख ५ गते १०:०३ मा प्रकाशित

नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ ।सर्वोच्च अदालतको २३ फागुनको फैसला विपरीत अध्यक्ष ओलीले निर्णय गरेको भन्दै नेपाल समूहका नेताद्वय बेदुराम भुसाल र राजेन्द्र पाण्डे उजुरी बोकेर निर्वाचन आयोग जानुभएको हो ।

फागुन २३ गतेपछि अध्यक्ष ओलीले एकलौटी रुपमा गरेको निर्णय खारेज गर्न माग गर्दै नेपाल समूहले निर्वाचन आयोगमा पत्र बुझाएको हो ।अध्यक्ष ओलीले विधानविपरीत निर्णय गरेको र त्यो खारेजयोग्य भएको भन्दै बुझाइएको ८ पाने पत्र बोकेर नेताहरु भुसाल र पाण्डे आयोग पुग्नुभएको हो ।

पार्टी अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरुलाई मात्र राखेर २८ फागुनमा गरेको निर्णय अवैध भएको भन्दै नेपाल समूहले यसअघि पनि आयोगमा गए पनि आयोगले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू