अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

‘केपी ओलीको हार अब केन्द्रमा’– प्रचण्ड

बिआरटीनेपाल २०७८ वैशाख ५ गते ९:४६ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिनुभएको छ । चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै प्रचण्डले कर्णालीबाट शुरु भएको ओलीको हार अब केन्द्रमा पनि आइपुग्ने दावी गर्नुभएको हो ।

कर्णाली प्रदेश सरकार गिराउने ओलीको प्रयास निरस्त्र पारिएको भन्दै प्रचण्डले भन्नुभयो, ‘अब गण्डकी र लुम्बिनी प्रदेशमा पनि हार व्योहोर्दै छन् । ती प्रदेशमा भन्दा पहिले संघमा हार्न पनि सक्छन् । प्रतिगमन धेरै दिन टिक्दैन ।’ ओलीलाई प्रधानमन्त्री आफैले बनाएको जिकीर गर्दै प्रचण्डल धोका दिने ओली नेतृत्वको सरकार अब धेरै नटिक्ने दाबी गर्नुभयो ।

चितवनको माडीस्थित अयोध्यापुरीमा प्रधानमन्त्री ओलीले बनाउन लगाएको राम–सीता मन्दिरको अवलोकन गर्दै पूर्वप्रधानमन्त्री उहाँले कम्युनिष्टले धर्म मान्दैनन् भन्ने प्रचार गलत भएको टिप्पणी गर्नुभयो ।

माडीमा राम जन्मभूमिलाई आधिकारिकरुपमा ल्याउन सक्दा सबैभन्दा बढी खुशी आफू हुने भन्दै प्रचण्डले अयोध्याधामको विषय गम्भीर भएकाले संवेदनशील कुरामा सस्तो लोकप्रियतामा नलाग्न प्रधानमन्त्री ओलीलाई सचेत पनि गराउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय