अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

नेपालमा कोरोना सङ्क्रमणबाट पाँच वर्षमुनिका १० बालवालिकाले ज्यान गुमाए

बिआरटीनेपाल २०७८ वैशाख ५ गते ९:४० मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षमुनिका बालबालिका पनि जोखिममा रहेकाले उनीहरूको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।केही स्वास्थ्यकर्मीलेसमेत पाँच वर्षमुनिका बालबालिका जोखिममा नरहेको बताउने गरेको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसबाट सबै उमेर समूहका मानिस जोखिममा रहेका बताउनुभयो ।

नेपालमा अहिलेसम्म तीन हजार पाँच सय ६५ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने अहिले पाँच वर्षमुनिका ५१ जना बालबालिका सक्रिय सङ्क्रमित छन् । यस्तै नेपालमा अहिलेसम्म पाँच वर्षमुनिका १० बालबालिकाकाे कोरोना सङ्क्रमणबाट ज्यान गएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू