अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुद्धारा सपथ ग्रहण

बिआरटीनेपाल २०७८ वैशाख ५ गते ९:३४ मा प्रकाशित

फ्लाेर क्रस गरेर सरकारलाई साथ दिएर मन्त्री बनेका कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएपछि शनिवार मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।

आइतवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे । भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले शपथ ग्रहण गर्नुभएको हो ।

एमालेका चार जना प्रदेश सभा सदस्यले फ्लाेर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । मुख्यमन्त्री शाहीले चार जनामध्ये तीन जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू