अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१९ | Colorodo: 12:34

नेपालमा थप १०१५ जनामा काेराेना सङ्क्रमण,८ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ वैशाख ५ गते ९:३० मा प्रकाशित

पछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण देखिएको छ । एन्टिजेनसहित पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ७५ हजार तीन सय पुगेकाे छ । अहिले नेपालमा ६ हजार दुई सय ९० जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै २४ घण्टामा काेराेना सङ्क्रमणबाट आठ जनाकाे ज्यान गएसँगै अहिलेसम्म काेभिड–१९ बाट ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार ८३ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू