अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको आरोपमा राष्ट्र बैंककी निर्देशक सुष्मा रेग्मी जेल चलान

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:२२ मा प्रकाशित

नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी जेल चलान भएकी छिन् । आफ्नी ८४ वर्षीया आमा शोभा रिजालको जाहेरीका आधारमा २४ चैतमा पक्राउ परेकी सुष्मालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । प्रहरीले सुष्मामाथि ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको आरोपमा मुद्दा चलाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार जाहेरवाला आमा शोभाले सुस्माले सबै सम्पत्ति जालसाजीपूर्वक लिएर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै छोरीविरुद्ध जाहेरी दिएकी थिइन् । १ मंसिर ०७६ मा सुष्माले बुबा भुपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि आमा शोभालाई आफूसँगै राखेकी थिइन् ।

भुपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । उक्त रकम सुष्माले जालसाजीपूवर्क झिकेपछि भने आमालाई बेवास्ता गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू