अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

साहित्यकार वैष्णवको निधन

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:२२ मा प्रकाशित

वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको निधन भएको छ । साहित्यकार वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा मृत्यु भएको हो । विसं २०७२ देखि मनोरोगले पीडित उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला (भक्त) मानिने वैष्णवका कवितासंग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् ।

वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाउनुभएको थियो । विसं १९८१ साउन ५ गते काठमाडौंमा जन्मनुभएका वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू