अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८ | Colorodo: 08:43

माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:१८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । झापाबाट शनिवार विहान काठमाडौं फर्कनुभएका नेता नेपाल र अध्यक्ष प्रचण्ड बीच विहान साढे ९ बजे कोटेश्वरस्थित एक व्यापारीको घरमा भेट भएको बताइएको छ ।

शुक्रबार माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारको समर्थनमा एमालेका खनाल–नेपाल पक्षका चार सांसदले मतदान गरेका थिए । सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिएका हुन् । एमालेका ४ सहित कर्णालीका मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो ।

जसमा माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सांसदले मत दिएका थिए । प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपा भने तटस्थ बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू