अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

देशलाई अस्थिरताबाट जोगाउन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ – डिला संग्रौला

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:१७ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले निकट भविष्यमै नयाँ सरकार गठन हुने बताउनुभएको छ । नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाका विकल्प नभएको डा. संग्रोलाको भनाइ छ। शनिबार म्याग्दीको सदरमुकाम बेनीमा प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी संग्रौलाले प्रधानमन्त्री ओली पाटीभित्रबाटै असुरक्षित रहेकाले कर्णाली प्रदेशको नतिजा संघीय प्रदेशमा समेत सामाना गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । ‘नैतिकताको आधारमा राजीनामा दिएर निकास दिनुपर्छ,‘हिजोको घटनाले संघीय समाजवादीले पनि उहाँको साथ छोड्ने अवस्था देखियो’ नेत्रृ संग्रौलाले भन्नुभयो ।

उहाँले कर्णालीपछि गण्डकी प्रदेश हुँदै देशैभर प्रधानमन्त्री ओलीविरुद्धको अभियान सुरु भएको बताउँदै प्रतिनिधिसभा विघटनविरुद्ध आवाज उठाउने एकजुट भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकता समेत नदेखाएको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमात्रै नभई अन्य साना दलहरुले समेत राजनीतिको मूल्यमान्यताको ख्याल गर्दै कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने नेत्रृ संग्रौलाको भनाइ छ। नेकपा एमालेको नेतृत्वमा रहेको सरकारको न्यूनतम रुपमा राजनीतिमा हुनुपर्ने मूल्य, मान्यता, नैतिकता समेत नभएको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू