अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

लेखक खगेन्द्र संग्रौलालाई ४ लाख २ हजार २ रुपैयाँको ‘पहिचान सम्मान’

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:१६ मा प्रकाशित

प्रगतिशील लेखक खगेन्द्र संग्रौला ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्रसहित ‘पहिचान सम्मान’ बाट सम्मानित हुनुभएको छ। उहाँलाई ‘पहिचान पुरस्कार’ कोषले यो सम्मान प्रदान गरेको हो।लेखक तथा अनुवादक संग्रौलालाई आज उक्त सम्मान प्रदान गरिएको हो । नरेश काङमाङ, रामकुमारी झाँक्री, अजम्बर काङमाङले संग्रौलालाई पहिचान सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रममा वैरागी काइला उपस्थित नभए पनि उहाँले अडियो सम्बोधन गर्दै संग्रौलाको व्यक्तित्वबारे बोल्नुभएको थियो ।

लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पु¥याएकाले संग्रौलालाई सम्मान गरिएको कोषले जनाएको छ।२०७२ सालमा बेलायतमा स्थापित यो संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पु¥याउने लेखकलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ।

साहित्य र पहिचानको क्षेत्रमा क्रियाशीलहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित यो संस्थाले चार वर्ष ‘पहिचान पुरस्कार’ र पाँचौँ वर्ष ‘पहिचान सम्मान’ अर्पण गरिने जनाएको छ। यसअघि चारवटा पुस्तकका लेखकहरूलाई कोषले पुरस्कृत गरिसकेको छ। संग्रौलालाई प्रदान गरिएको ‘सम्मान’ हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू