अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

ओली सरकारको पतन सुरु– नेता सिंह

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:१५ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन सुरु भएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताउनुभएको छ ।नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताउनुभएको हो । अब नेपालको राजनीति फरक धार बाट बग्छ भन्ने स्पष्ट संकेत रहेको समेत बताउनुभयो ।

अहिले बहुमत पाए भन्दैमा ओलीले जथाभावी गर्न नपाउने बताउँदै ओली सरकारको आयु धेरै नभएको टिप्पणी गर्नुभएको छ । कांग्रेस कमजोर हुदाँ लोकतन्त्र कमजोर भएको भन्दै संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिष्ट लागि परेको उहाँको आरोप छ ।

साथै नेता सिंह १४ औं महाधिवेशनमा समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको बताउनुभयो । ‘लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ’, उहाँले भन्नुभयो ।

नेता सिंहले पार्टी विधि र प्रक्रियाबाट चल्न नसकेको आरोप लगाउनुभयो । कसैलाई माया गरेर पार्टीका महत्वपुर्ण पद दिदाँ कांग्रेस कमजोर उहाँको दाबी छ । कांग्रेसका भविष्य कार्यकर्ताका हातमा रहेको भन्दै १४औं महाधिवेशनमा क्षमतावान नेतृत्व चयन गर्न कार्यकर्तालाई अनुरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू