अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 01:35

कर्णालीमा मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने एमालेका तीन सांसद् पार्टीबाट निस्कासित

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:१५ मा प्रकाशित

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने तीन सांसदलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्कासित गरेको छ ।

शनिबार बसेको प्रदेश कमिटीकोे बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहर गर्दै माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निस्कासन गरेको हो ।

शाही सरकारलाई विश्वासको मत दिने अर्का सांसद प्रकाश ज्वालालाई पनि पार्टीबाट निष्कासन गर्न केन्द्रलाई पत्र पठाउने निर्णयमा एमाले पुगेको छ । प्रकाश ज्वाला केन्द्रीय सदस्य भएका कारण केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको जनाइएको छ । साथै, बैठकले यी तीनै जनाको सांसद पद खारेजीका लागि पनि केन्द्रलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू