अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

क्युबाको कम्युनिष्ट पार्टी प्रमुख राहुल क्यास्ट्रोद्धारा पद त्यागको घोषणा

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:०६ मा प्रकाशित

क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पदबाट राजिनामाको घोषणा गर्नुभएको छ । उहाँले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको बताउनु भएको हो । उहाँले आफ्नो भूमिका र निर्णयबाट आफू सन्तुष्ट रहेको र आगामी दिनमा पनि देशलाई फाइदा नै हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीको आठौँ सम्मेलनको उद्घाटन समारोहमा सम्वोधन गर्ने क्रममा उहाँले पार्टी र देशलाई नयाँ गति दिन आफ्नो निर्णयले सहयोग पुग्ने अपेक्षा पनि गर्नुभएको छ । पार्टीको अभियान र आन्दोलनमा भने पार्टी कार्यकर्ताको रुपमा आफू सधै रहिरहने पनि ८९ वर्षीय नेता क्यास्ट्रोले स्पष्ट पार्नुभएको छ ।

उहाँले आफ्नो उत्तराधिकारी हुने र पार्टीको नेतृत्वमा रहने सवै नेताहरुलाई राष्ट्रियता, समाजवाद, नैतिकता, संस्कृतिको महत्व नभुल्न समेत सचेत गराउनु भएको छ । अहिले चलिरहेको पार्टीको सम्मेलन नयाँ नेता चयन गर्दै आगामी सोमबार सकिने भएकाले सम्मेलन सकिएपछि उहाँ जिम्मेबारीमा नरहने जनाइएको छ ।

उहाँ सन् २०११ को अप्रिलमा पार्टीको शिर्ष नेताका रुपमा निर्वाचित हुुनुभएको थियो । आफ्नै दाजु फिडेल क्यास्ट्रोको उत्तराधिकारीका रुपमा उहाँले भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले भने सन् १९६५ देखि पार्टीको नेतृत्व गर्नुभएको थियो । फिडेलको सन् २०१६ मा निधन भएको थियो । सन् १९५९ को क्रान्तिको नेतृत्वकर्ता भएकाले क्रान्तिपछि लगातार क्युबामा क्यास्ट्रो परिवारले राजनीतिक नेतृत्व गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू