अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैटौँ कार्यक्रम केन्टकीमा

कृष्ण के सि २०७८ वैशाख ३ गते ९:३४ मा प्रकाशित

क्यालिफोर्निया, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्याशी बुद्धि सागर सुवेदीको पाँचौँ चुनावी अन्तरक्रिया कार्यक्रम कोलोराडोमा सम्पन्न भयो। छैटौँ चुनावी कार्यक्रम चाहिँ केन्टकीमा हुने भएको छ।

यति बेला अमेरिकी नेपाली समुदायमा एनआरएनहरूको निर्वाचनले बजार तातेको छ। धेरैका फेसबुकवाल फ्लायरले भरिएका छन्। अध्यक्षका लागि मैदानमा आएका चार मध्ये बुद्धि सागर सुवेदीको माहौल एकलौटी रूपमा अगाडी गएको देखिएको छ। सुबेदीका अगाडी पछाडि उम्मेदवारहरूको घेरो लाग्ने गरेको छ। सामान्यबाट सुरु गरिएको सुबेदीको चुनावी प्रचार कार्यक्रमले ५ वटा सफल कार्यक्रम सम्पन्न गरेको छ। हरेक ठाउँको विशेषता भने फरक हुने गरेको छ। कतै सर्प्राइज इण्डोर्स त कतै टिम इण्डोर्स हुने गरेको छ।

चुनावमा प्रमुख उम्मेदवारले उठाउने एजेन्डाले समाजमा धेरै कुराको असर गर्दछ। सुबेदीका प्रतिस्पर्धी हुन आएका मध्ये अध्यक्षका एक जना उम्मेदवारले उठाएको एजेन्डाले संस्था धरासायी हुने देखियो।त्यसैको असरले गर्दा उनका पछिलाग्नेहरु उम्मेदवरहरू उनलाई छाडेर अन्यत्र लाग्न थाले।

तर स्थिर रूपमा आफ्नो उम्मेदवारी भएको कारण, पदीय जिम्मेवारीको समय, आर्थिक भार, यात्रा, विषय र संस्थाको प्रमुख मुद्दालाई हेर्ने दृष्टिकोण सबै बुझेका कारण सुबेदीको तर्फ पल्ला भारी भएको देखिएको छ। सुबेदीले आफ्ना कुरा संयततापूर्वक राख्ने, अरूका कुरा सुन्ने र जवाफ दिने गरेका कारण पनि उनका फ्यान पनि बढेर गएका छन्।

अब सुबेदीको छैटौँ कार्यक्रम भने अप्रिल १८, २०२१ को दिन केन्टकी राज्यको लेक्सिङटन सहरमा हुने भएको छ। बुद्धि सुवेदीको अन्तरक्रिया कार्यक्रममा स्थानीय राज्य च्याप्टर उम्मेदवार देखि विभिन्न पदका अरू उम्मेदवारहरूको समेत उपस्थिति रहने भएको छ।

कार्यक्रम:
मिति :अप्रिल १८, २०२१
समय: १:०० बजे देखि ५:०० बजे सम्म
स्थान: ताज इन्डियन रेस्टुरेन्ट
154 Patchen Dr, Ste 68 Lexington, KY 40517
नोट:-कार्यक्रममा मास्क र सामाजिक दूरी अनिवार्य हुनेछ

प्रतिक्रिया