अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

सुनको भाउ ७ सय रुपैयाँले बढ्यो

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ९:०२ मा प्रकाशित

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ सात सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू