अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 16:37

आर्सनल युरोपा लिगको सेमिफाइनलमा

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ८:३८ मा प्रकाशित

इंग्लिस क्लब आर्सनलले युरोपा लिगको सेमिफाइनलमा पुगेको छ । प्रतिद्वन्द्वी स्लाभिया प्रागमाथि दोस्रो लेगमा सानदार जित निकाल्दै चेकले सेमिफाइनलको यात्रा तय गरेको हो ।पहिलो लेगमा घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकिएको आर्सनलले दोस्रो लेगमा स्लाभिया प्रागलाई उसकै मैदानमा ४–० ले हराउँदै समग्रमा ५–१ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

यस्तै युरोपा लिगकै अर्काे खेलमा भिल्लारियलले क्रोएसियन क्लब डिनामो जाग्रिवलाई २–१ ले तथा समग्रमा ३–१ ले पराजित गर्दै सेमिफाइनलमा आर्सनलसँथगको भेट पक्का गरेको छ । अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब ग्रानडालाई समग्रमा ४–० ले तथा इटालियन क्लब रोमाले डच क्लब आयाक्सलाई समग्रमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

अब सेमिफाइनलमा आर्सनल र भिल्लारियल तथा म्यानचेस्टर युनाइटेड र इटालियन क्लब रोमाबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलका खेलहरु ३० अप्रिल र ७ मेमा हुनेछ ।

प्रतिक्रिया