अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

नेपालमा २४ घण्टामा ९ सय जनामा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ८:३२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसहित पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो कुल परीक्षणको १५ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार परीक्षणको ५ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा महामारीको जोखिमपूर्ण अवस्था मानिन्छ । अहिलेसम्म नेपालमा दुई लाख ८२ हजार ८ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ८ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको छ । अहिले नेपालमा ५ हजार ८ जना सक्रिय सङ्क्रमित छन् । थप ४ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७० जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू