अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

अझै पनि नेपाल र नेपाली जनता विरुद्ध षड्यन्त्र जारी– प्रचण्ड

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ८:३१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा तानाशाही, निरंकुश शक्तिले अझै पनि नेपाल र नेपाली जनताविरुद्ध षड्यन्त्र गरिरहेको बताउनुभएको छ । वाग्मती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटन गर्दै प्रचण्डले सचेत नेपाली जनतालाई यस्ता षड्यन्त्र मान्य नहुने प्रतिक्रिया दिनुभयो ।

सचेत, स्वस्थ नेपाली जनतालाई यी सबै षड्यन्त्र स्वीकार्य नरहेको प्रचण्डको भनाइ थियो । इतिहासलाई पछाडि धकेल्ने प्रयत्न भएको प्रचण्डको दाबी छ । लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन खोज्ने कुरा नेपाली जनतालाई मान्य नहुने प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू